७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानकी यी सिरियल किलर बृद्धा जसले रिलेसनमा राखेर लिइन् बृद्धहरुकाे ज्यान

१७ मंसिर २०७८, शुक्रबार ०४:४६

मंसिर १७, टाेकियाे, एजेन्सी | १७७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानकाे जाेडी मिलाइदिने एउटा निकायमार्फत उनकाे ६७ वर्षीया ती विधवासँग भेट भएकाे थियाे । 

दुई महिनापछि याे जाेडीले विवाह गरे । तर, इसाओ काकेही अर्काे बसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाकाे चाैथाे शिकार बने । 

७४ वर्षीया चिसाकाे काकेही तीन ओटा पार्टनरकाे हत्या र चाैथाेकाेकाे हत्या प्रयासकाे अ‍भियाेगमा मृत्युदन्ड कुरेर बसेकी छन् । 

उनकाे हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । साेही अभियाेगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् । 

लामाे सुनुवाईपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदन्डकाे फैसला सुनायाे । 'जाेडी मिलाइदिने  निकायमा पुगेर उनले एकपछि अर्काे बृद्धसँग सम्बन्ध गाँसेर उनीहरुलाई विष खुवाएर हत्या अनुसन्धानका क्रममा दखिन्छ,' उनकाे मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले  याेजनबद्ध ढंगले हत्या गरेकाे उनकाे भनाई छ । 

यसरी सुरु हुन्छ हत्या शृंखला

सन् २०१४ सम्म उनकाे बारेमा जापानमा विरलै नाम सुनिएकाे थियाे । जापानकाे दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाईसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनकाे २३ वर्षकाे उमेरमा सन् १९६९ मा विवाह भएकाे थियाे । सन् १९६९ मा पतिकाे मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिकाे मृत्युपछि उनकाे हत्या शृंखला सुरु भएकाे थियाे ।

सन् २००७ मा उनी ७८ वर्षीय ताेसिकाई स्युहिराेसँग सम्बन्धमा रहिन् । सन् २००७ काे १८ डिसेम्बरमा काकेही अ‍ाफ्ना सन्तानसहित स्युहिराेसँग खाना खाँदैथिइन् । त्यहीबेला स्युहिराेकाे खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिराे अचेत हुन्छन् र केही बेरपछि उनकाे मृत्यु हुन्छ । 

केही वर्षपछि उनले अर्का  पुरुष मासानाेरी हाेन्डाकाे हत्याकाे षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानाेरी हाेन्डा राम्राे अवस्थामा थिए । सन् २०११ सम्म उनकाे डायबिटिज सामान्य थियाे । साेही वर्ष उनी अकस्मात उनै विधवा चिसाकाे काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयाे । अर्काे वर्ष उनीहरुले विवाह गर्ने याेजना गरे । 

सन् २०१२ काे ९ मार्चमा उनले हाेन्डालाई स्टाेरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नाे बाटाे लागे । साेही दिनकाे पाँच बजे हाेन्डाले हाेस गुमाए । दुई घन्टापछि चिकित्सकले उनकाे मृत्यु भएकाे घाेषणा गरे । उनकाे रहस्हयमय हत्यामा काकेहीकाे संलग्नता रहेकाे अदालतकाे फैसलामा उल्लेख छ ।

चिसाकाे काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने