२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानकी यी सिरियल किलर बृद्धा जसले रिलेसनमा राखेर लिइन् बृद्धहरुकाे ज्यान

२०७८, १७ मंसिर शुक्रबार ०४:४६

मंसिर १७, टाेकियाे, एजेन्सी | १७७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानकाे जाेडी मिलाइदिने एउटा निकायमार्फत उनकाे ६७ वर्षीया ती विधवासँग भेट भएकाे थियाे । 

दुई महिनापछि याे जाेडीले विवाह गरे । तर, इसाओ काकेही अर्काे बसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाकाे चाैथाे शिकार बने । 

७४ वर्षीया चिसाकाे काकेही तीन ओटा पार्टनरकाे हत्या र चाैथाेकाेकाे हत्या प्रयासकाे अ‍भियाेगमा मृत्युदन्ड कुरेर बसेकी छन् । 

उनकाे हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । साेही अभियाेगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् । 

लामाे सुनुवाईपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदन्डकाे फैसला सुनायाे । 'जाेडी मिलाइदिने  निकायमा पुगेर उनले एकपछि अर्काे बृद्धसँग सम्बन्ध गाँसेर उनीहरुलाई विष खुवाएर हत्या अनुसन्धानका क्रममा दखिन्छ,' उनकाे मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले  याेजनबद्ध ढंगले हत्या गरेकाे उनकाे भनाई छ । 

यसरी सुरु हुन्छ हत्या शृंखला

सन् २०१४ सम्म उनकाे बारेमा जापानमा विरलै नाम सुनिएकाे थियाे । जापानकाे दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाईसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनकाे २३ वर्षकाे उमेरमा सन् १९६९ मा विवाह भएकाे थियाे । सन् १९६९ मा पतिकाे मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिकाे मृत्युपछि उनकाे हत्या शृंखला सुरु भएकाे थियाे ।

सन् २००७ मा उनी ७८ वर्षीय ताेसिकाई स्युहिराेसँग सम्बन्धमा रहिन् । सन् २००७ काे १८ डिसेम्बरमा काकेही अ‍ाफ्ना सन्तानसहित स्युहिराेसँग खाना खाँदैथिइन् । त्यहीबेला स्युहिराेकाे खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिराे अचेत हुन्छन् र केही बेरपछि उनकाे मृत्यु हुन्छ । 

केही वर्षपछि उनले अर्का  पुरुष मासानाेरी हाेन्डाकाे हत्याकाे षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानाेरी हाेन्डा राम्राे अवस्थामा थिए । सन् २०११ सम्म उनकाे डायबिटिज सामान्य थियाे । साेही वर्ष उनी अकस्मात उनै विधवा चिसाकाे काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयाे । अर्काे वर्ष उनीहरुले विवाह गर्ने याेजना गरे । 

सन् २०१२ काे ९ मार्चमा उनले हाेन्डालाई स्टाेरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नाे बाटाे लागे । साेही दिनकाे पाँच बजे हाेन्डाले हाेस गुमाए । दुई घन्टापछि चिकित्सकले उनकाे मृत्यु भएकाे घाेषणा गरे । उनकाे रहस्हयमय हत्यामा काकेहीकाे संलग्नता रहेकाे अदालतकाे फैसलामा उल्लेख छ ।

चिसाकाे काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार