मलेसियामा पनि ओमिक्रोन भेरिएन्टको संक्रमित फेला

Posted on: 03 Dec, 2021

मङ्सिर १७, काठमाडौं । दक्षिण अफ्रिकाबाट पहिचान सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन मलेसियामा पनि भेटिएको छ ।

मलेसियामा एक जना ओमिक्रोन संक्रमित फेला परेका छन् । मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको पुष्टि गरे । नोभेम्बर १९ गते दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आएका विदेशी यात्रुमा संक्रमण देखिएको उनको भनाइ छ ।

मलेसियाको स्वास्थ्य विभागले समेत दक्षिण अफ्रिकाबाट आएका २५४ जना यात्रुमध्ये एकजनामा ओमिक्रोन पुष्टि गरेको छ । ती यात्रुमध्ये कम्तिमा ८३ जनामा कोरोना नेगेटिभ देखिएका छन् भने १३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको र ३५ को स्वाब परीक्षण गर्नु नपरेको विभागको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!