२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोरोना संक्रमितको संख्या दैनिक ५० हजार बढी

२०७८, १८ मंसिर शनिबार ०४:२९

मङ्सिर १८, काठमाडौँ | बेलायतमा केहिदिन यता कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ । संक्रमण बढ्दै गएपछि बेलायतमा थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोन बेलायतमा पनि फैलिएको छ । जसलाई नियन्त्रणमा लिन आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियमलाई पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।

बेलायतमा पछिल्लो दुई दिन यता दैनिक संक्रमितको संख्या ५० हजार माथी रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९  हजार ६४७ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणका कारण गत २४ घन्टामा १४३ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८३१ जना संक्रमितको मृत्यु भईसकेको छ । बेलायतमा हालसम्म ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । पछिल्लो नयाँ भाइरस ओमिक्रोनको संक्रमण देखा परेपछि बेलायत सरकारले बुस्टर डोजलाई थप तीव्रता दिएको छ । बुस्टर डोज नयाँ भाइरसको लागि पनि प्रभावकारी हुने बीबीसीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने