२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा हालसम्म ४२ जनामा ओमिक्रोन संक्रमण पुष्टि

२०७८, १८ मंसिर शनिबार ०७:०९

एजेन्सी |  बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

बेलायतमा हालसम्म ३३ दशमलब ८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यता ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओले जनाएको छ । विश्वभरिबाट संकलन गरिएको ओमिक्रोनबाट संक्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको उसले जनाएको हो ।

तर संक्रमणको फैलावट भने तीव्र देखिएको डब्लुएचओको भनाइ छ । संसारभरबाट ओमिक्रोनसम्बन्धी विवरणहरू संकलन गर्ने र अध्ययन गर्ने कार्य जारी रहेको उसले जनाएको छ ।

अध्ययनबाट नयाँ सूचना प्राप्त हुने र भावी योजना तथा सतर्कताका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने