२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शनकारीमाथि सेनाले कुदायाे गाडी, ५ जनाकाे मृत्यु

२०७८, १९ मंसिर आईतवार १०:१६

एजेन्सी | म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेका थियो।

म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो। त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्।

म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ। आइतबारको घटनाबारे सेनाले कुनै प्रतिक्रिया दिएको छैन। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार