३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

२१ मंसिर २०७८, मंगलवार ०७:३२

एजेन्सी | अमेरिकाले चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएको छ । बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानवअधिकारलाई लिएर रहेको चासोका कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको जानकारी दिएको हो । प्रतियोगितामा अमेरिकी खेलाडीहरु भने सहभागी हुने छन् ।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताएका थिए ।

बाइडेन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन् । केही नेताहरूले भने कूटनीतिक बहिस्कार पर्याप्त नरहेको बताएका छन् ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई राजनीतिक उक्साहटपूर्ण कार्यको संज्ञा दिएको छ । अमेरिकाको बहिस्कारले प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने उसको भनाइ छ ।

यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो । त्यो बेला खेलाडी समेत सहभागी भएका थिएनन ।

अमेरिकाले पनि सन् २०२८ मा लस एन्जलसमा ओलम्पिक आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’