३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक दुर्घटना हुँदा ५३ आप्रवासीको मृत्यु !

२४ मंसिर २०७८, शुक्रबार ०८:५६

काठमाडौं, एजेन्सी | सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ। मेक्सिकोकाे रिटेनिङ पर्खालमा ट्रक ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा स्थानीय समयानुसार बिहीबार उक्त दुर्घटना भएको हो।

चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्टअनुसार उक्त दुर्घटनामा अन्य ५८ जना घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ। ‘अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्,’ स्थानीय कार्यालयले जनाएको छ।

‘बाँचेकाहरूको बयानअनुसार तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्,’ लुइस म्यानुएल गार्सियाले भने। चालकले तीब्र गतिमा भएको गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। स्थानीय टेलिभिजनहरूले ठूलो संख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन्। साथै घाइतेहरू उपचारको पर्खाइमा रहेका बताइएको छ। -एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर