२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा भीषण आँधी : मृत्यु हुनेको संख्या ७० पुग्यो !

२०७८, २६ मंसिर आईतवार ०६:४७

मङ्सिर २६, काठमाडौँ | अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी परेको छ। भीषण आँधीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा शुक्रबार आएको आँधीबाट हजारौँ नागरिक प्रभावित भएका छन्।

आँधीको कारण हराइरहेका ४० जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। अहिले पनि भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन्।

आँधीका कारण केन्टकीमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ।

आँधीबाट प्रभावित केन्टकीमा आपत्काल घोषणा गरिएको छ। राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाहरुलाई सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

केन्टकी राज्यका गभर्नर एन्डी बेसियरले यसलाई केन्टकीको इतिहासमै सबैभन्दा भयानक आँधी भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार