२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा शक्तिशाली समुद्री आँधीबाट १२ को मृत्यु, एक करोड ३० लाख मानिस प्रभावित !

३ पुष २०७८, शनिबार ०७:०३

एजेन्सी | फिलिपिन्समाआएकाे शक्तिशाली समुद्री आँधीबाट १२ जनाको मृत्यु भएकाे छ। समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन्।

आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका छन् । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई’ समुद्री आँधी आएको थियो।

फिलिपिन्समा बारम्बार आँधी आउने गरेको छ। वर्षमा औसत २० आँधी आउने गरेका छन्।

यसअघि सन् २०२० को नोभेम्बरमा समुद्री आँधी ‘गोनी’ले मानवीय क्षति र विनाश गरेको थियो । त्यस्तै सन् २०१३ मा ६ हजार मानिसहरूको ज्यान जाने गरी ‘हैयान’ समुद्री आँधी आएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ