२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा कोरोनाका नयाँ नियमविरुद्ध हजारौंको प्रदर्शन !

४ पुष २०७८, आईतवार ०७:३६

एजेन्सी | जर्मनीमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध बृहत प्रदर्शन भएको छ । 

फ्रान्कफर्ट, ह्यामबर्ग, फ्राइबग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध प्रदर्शन गरेका हुन् । क्रिसमसको मुखैमा अनावश्यक तरिकाले कोरोना भाइरस नियन्त्रणका नाममा नियमहरु लादेको भन्दै सर्वसाधारण विरोधमा उत्रेका हुन् । खोप र जर्मन सरकारको कोरोना भाइरस नीतिहरूका विरोधीहरूले प्रदर्शनको आयोजना गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले अनिवार्य खोप सम्बन्धी नियमको समेत विरोध गरेका छन् । प्रदर्शनमा सहभागीहरुले अनिवार्य गरिएको मास्क समेत लगाएका थिएनन् । 

जर्मनीले बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । तर कोही अभिभावक खोपका पक्षमा छन् भने कतिपयले यसको विरोध गरेका छन् । सरकारले अनिवार्य खोप नीति लागू गर्ने चर्चा चलेपछि खोप विरोधीहरुसमेत यो नितिका विरुद्ध उत्रिएका छन् । 

जर्मनीमा स्वास्थ्य नियम लागू भएसँगै हरेक हप्ता जस्तै विरोध प्रदर्शनहरु हुँदै आएका छन् । बर्लिनका अधिकारीहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । प्रदर्शनकारीहरूले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने लगायतका कोरोना भाइरस नियमहरू उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । 

तर जर्मनीमा प्रहरीको निषेधाज्ञालाई तोड्दै धेरै पटक प्रदर्शन र भेलाहरु हुँदै आएका छन् । जर्मनीमा युरोपेली योजना अनुसार तुलनात्मक रूपमा खोप लगाउनेको दर कम छ । कुल जनसंख्याको ७० प्रतिशतले मात्र भाइरस विरुद्ध खोप लगाएको छ । यसमा दुबै मात्रा लगाउनेहरुको संख्या अझै कम रहेको छ । 

जर्मनीमा महामारी शुरु भएदेखि करिब ६० लाख ७६ हजारमा कोरोना संक्रमित भैसकेको छ । करिब एक लाख आठ हजारको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ