२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेड खानीमा भीषण पहिरो : १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता !

७ पुष २०७८, बुधबार ०७:३३

एजेन्सी | जेड खानीको पहिरोमा परि १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता भएका छन्  ! एक जेड माइनिङ खानी ( मूल्यवान् पत्थरको खानी) मा भीषण पहिरो गएको छ । उत्तरी म्यानमारमा गएकाे साे पहिराेमा परी कम्तीमा १ सय २० जनाको मृत्यु र  ७० जना गायब भएका छन् ।​

कचिन राज्यको हपाकान्त इलाकामा बुधबार स्थानीय समय अनुसार बिहान ४ बजे पहिरो गएको हो । घटनास्थलमा उद्दार कार्य जारी छ। पीडितमध्ये धेरैजसोले अवैध रुपमा जेडको उत्खनन गरिरहेका थिए । म्यानमार जेड (गहना बनाउन प्रयोग हुने हरियो पत्थर) को संसारको सबैभन्दा ठूलो स्रोत हो तर पछिल्ला थुप्रै वर्षमा यसको उत्खननका बेला थुप्रै दुर्घटना भएका छन् ।

हपाकान्तमा जेड उत्खननमाथि प्रतिबन्ध छ तर स्थानीय रोजगारीको कमी र कोभिड–१९ पछि खराब भएको आर्थिक स्थितिका कारण उत्खनन गर्दै आएका छन् । केही दिन अघि हपाकान्तमा एउटा जेड ब्लक नजिकै पहिरो गएका कारण १० जना गायब भएका थिए ।

सन् २०२० मा हपाकान्तमा नै एक दुर्घटना हुँदा १६० भन्दा बढी मारिएका थिए जसमा धेरैजसो प्रवासी थिए । यो दुर्घटना उत्खनन गरिएको फोहोरको पोखरीमा डुबेका कारण भएको थियो ।

सन् २०१८ मा रत्न उत्खनन बारे नयाँ कानुन पास गरिएको थियो तर आलोचकका अनुसार सरकारसँग अनुसन्धानकर्ता छैनन् र अवैध काम रोक्नका लागि सिमित अधिकार छन् । म्यान्मारको जेडको व्यापार हरेक वर्ष ३० अर्ब डलरको मानिन्छ जसमा हपाकान्त संसारको सबैभन्दा ठूलो जेड उत्खनन हुने स्थान हो । -एजेन्सी

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ