२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोना संक्रमणको उच्च जोखिम, सियानमा कडा लकडाउन घोषणा

२०७८, ८ पुष बिहीबार ०५:०१

काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको यो सहरमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ।

बुधबार सहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनमा घरमा एकजनालाई मात्र अत्यावश्यक वस्तुहरू किन्न बाहिर निस्कन दिइनेछ। चीनले कोरोना संक्रमण फैलिन नदिन ठूलो परिमाणमा परीक्षण र लकडाउनको रणनीति अपनाइरहेको छ।

चीनमा आगामी फेब्रुअरी २०२२ मा हुने शीतकालीन ओलम्पिकलाई ध्यानमा राखी सतर्कता पनि बढाइएको छ।

यस सहरका मानिसहरूलाई उचित कारणबिना शहर बाहिर निस्कन अनुमति छैन। यसका लागि प्रशासनबाट अनुमति लिनुपर्छ। यी प्रतिबन्धहरू कहिलेसम्म रहनेछन् भन्ने जानकारी दिइएको छैन।

साङ्सी प्रान्तमा लाखौंको संख्यामा कोरोना परीक्षण गरिएको छ। लामो दुरीका बस चल्ने बस स्ट्यान्ड बन्द गरी सडकमा चेक पोइन्ट बनाइएको छ। सियान विमानस्थलबाट हुने धेरै उडानहरू पनि रद्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार