२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोना संक्रमणको उच्च जोखिम, सियानमा कडा लकडाउन घोषणा

८ पुष २०७८, बिहीबार ०५:०१

काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको यो सहरमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ।

बुधबार सहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनमा घरमा एकजनालाई मात्र अत्यावश्यक वस्तुहरू किन्न बाहिर निस्कन दिइनेछ। चीनले कोरोना संक्रमण फैलिन नदिन ठूलो परिमाणमा परीक्षण र लकडाउनको रणनीति अपनाइरहेको छ।

चीनमा आगामी फेब्रुअरी २०२२ मा हुने शीतकालीन ओलम्पिकलाई ध्यानमा राखी सतर्कता पनि बढाइएको छ।

यस सहरका मानिसहरूलाई उचित कारणबिना शहर बाहिर निस्कन अनुमति छैन। यसका लागि प्रशासनबाट अनुमति लिनुपर्छ। यी प्रतिबन्धहरू कहिलेसम्म रहनेछन् भन्ने जानकारी दिइएको छैन।

साङ्सी प्रान्तमा लाखौंको संख्यामा कोरोना परीक्षण गरिएको छ। लामो दुरीका बस चल्ने बस स्ट्यान्ड बन्द गरी सडकमा चेक पोइन्ट बनाइएको छ। सियान विमानस्थलबाट हुने धेरै उडानहरू पनि रद्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ