३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी विद्यालयले छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !

८ पुष २०७८, बिहीबार ०६:४६

पुस ८, नयाँदिल्ली (एजेन्सी) । दक्षिणी भारतको केरलास्थित एक सरकारी विद्यालयले किशोरी छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिएपछि ठूलो विवाद सिर्जना भएको छ । 

बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाकबारे यस्तो बताएका छन् । बुधवार बिहान आफ्नो नयाँ पोशाक लगाएर बस स्टपमा बिद्यालय जान बस कुरेर बसेकी श्रींगी सिकेलाई हेर्दै एक अज्ञात महिलाले गरेको टिप्पणीले आफुलाई विशेष महशुस भएको उनले बताएकी छन् । 

बालुस्सेरी स्थित गवर्मेन्ट गल्र्स हाइयर सेकन्डरी स्कूलमा एघार कक्षामा अध्ययनरत सत्र वर्षीया सिकेले बीबीसीसँग भनेकी छन् , “ति महिलाले मलाई निकै स्मार्ट देखिएको बताउँदा मलाई गौरव लाग्यो ।”

तर श्रींगी बिद्यालयमा पुग्दा उनले त्यहाँ केटीहरुले केटाहरुले जस्तै कमिज र पाइन्ट लगाउन पाँइदैनन् भन्दै नयाँ पोशाकको विरोध गरिरहेका प्रदर्शनकारीहरुको भिड देखिन् । तिनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी समेत पुगिसकेको थियो ।  

प्रदर्शनकारीहरुको माग तिनीहरुलाई परम्परागत खुकुलो पाइन्ट, परम्परागत लामो कुर्ता र वेस्टकोट लगाउनु दिनुपर्ने रहेको छ । 


विद्यालयका प्रिन्सिपल इन्दु आरले अहिले १२ कक्षमा पुगेका छात्राहरुले गतवर्ष आफुहरुलाई पनि पुरुषको जस्तै पोशाक लगाउन अनुमति दिन अनुरोध गरेको बीबीसीलाई बताएकी छन् । 

इन्दु भन्छिन् , “मलाई तिनीहरुको प्रस्ताव मनासिवै लाग्यो । हाम्रा ति छात्राहरु पनि विद्यालय बाहिर विश्वका अन्य स्थानका किशोरीहरुले जस्तै जिन्स र टप नै लगाउँछन् । केरलाको उष्ण मौसमका लागि वेस्टकोट उपयुक्त छैन । त्यसैले शैक्षिक, कर्मचारी एवं अभिभावकहरुसँगको सरसल्लाह पछि नै हामीले यि पोशाकका लागि अनुमति दिएका थियौं । हुन त केहि थोरै अभिभावकले भने आपत्ति जनाएका थिए ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै