उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएकोटोलो न्यूजले  जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएकोटोलो न्यूजले  जना"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

१० पुष २०७८, शनिबार १०:४१

पुस १०, काबुल | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई "नष्ट" गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएकोटोलो न्यूजले  जनाएको छ ।"

जो-२० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूलाई पहिले सहयोग उपलब्ध गराउनु आवश्यक छ," पुटिनले टास समाचार एजेन्सीलाई बताउँनुभयो ।

राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो।

उहाँले अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाउँनुभएको छ ।

उहाँले भन्नुभयो, "सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक,  मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ,  अन्यथा [देश] भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ,’ उहाँले भन्नुभयो ।

तालिबानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताउँनुभएको छ ।

पुटिनले भन्नुभयो, "अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ ।",  टोलो न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, उहाँले काबुल र मस्कोबीचको सम्बन्ध "सम्भव राम्रो तरिकाले", विकास हुने बताउँनुभएको छ।

"यो हाम्रो लागि निष्क्रिय मुद्दा होइन किनभने हामीसँग मध्य एसियाली गणतन्त्र, सोभियत संघका पूर्वगणतन्त्रसँग खुला सीमाना छन्, र निश्चितरूपमा, त्यहाँ केही चरमपन्थी तत्त्वको सम्भावित आक्रमणले हामीलाई सचेत रहन झक्झकाएको छ" पुटिनले थप्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ)