३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरोनाको चौथो लहर सायद सकियो’

१६ पुष २०७८, शुक्रबार ०५:००

पुस १६, काठमाडौँ | एजेन्सी | कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको नाइट कर्फ्यू हटाइएको छ । त्यहाँका अधिकारीले देशमा कोरोना महामारीको चौथो लहरको उत्कर्ष सायद बितिसकेको आँकलन गरेका छन् ।

सरकारले एक बयानमा ओमिक्रोन भेरियन्ट असाध्यै धेरै संक्रामक भएतापनि कोरोनाको पछिल्लो लहरको तुलनामा मानिसहरु अस्पताल भर्ना हुने दर कमै रहेको बताएको छ । यता मृत्युमा पनि साधारण वृद्धि देखिएको जानकारीमा उल्लेख छ ।

कोभिड–१९ ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको बताइयो जसकारण संसारभरी कोरोनासँग जोगिने नियम कडा बनाइँदैछ ।

विश्व स्वास्थ्य संगठनले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमणको ‘सुनामी’ आउनले चेतावनी दिएको छ । तर दक्षिण अफ्रिकामा बिहिबार सरकारले केही नियम खुकुलो बनाइएको घोषणा गरेको छ ।

एक विशेष मन्त्रीमण्डलको बैठकपछि देशमा लगभग सबै प्रान्तमा कोरोनाका मामिला र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएको बताएको छ ।

एक हप्तामा २५ डिसेम्बर २०२१ सम्म देशमा कोरोना संक्रमणका ८९,७८१ नयाँ मामिला भेटिएको थियो जबकी त्यसको एक हप्ताअघि १,२७,७५३ नयाँ संक्रमित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’