१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलोराडो सहरमा ५ सय घर जलेर खरानी

१८ पुष २०७८, आईतवार ०६:३६

एजेन्सी | अमेरिकी राज्य कोलोराडो नजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरू जलेर खरानी भएका छन्। बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुई वटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन्।

डढेलोबाट शनिवारसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरूले शनिवार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरू जलेर नष्ट भएका हुन्। डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ। विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिवार अधिकारीहरूले बताएका छन्।

लामो समयको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो। प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीव्र रूपमा फैलिएको थियो। डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए। तीव्र रूपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ।

हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन्। विज्ञहरूले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन्। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ।

जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन्। अघिल्ला वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रूप लिने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का