२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको जनसंख्या कति पुग्याे ? चीन र भारतको अग्रता !

२०७८, १८ पुष आईतवार ०९:५१

एजेन्सी | विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।

चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

ब्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिकापछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।

सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ । सन् २१०० भन्दा अगाडि यो दर फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।

ब्यूरोका अनुसार आगामी केही दशकमा केवल आठ देशहरुमा मात्र जनसंख्या बढ्नेछ । ती देशहरुमा कंगो, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिका रहेका छन् । यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार