पुस २१, (रासस/सिन्ह्वा) :  संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।

यहाँ केही दिनय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, (रासस/सिन्ह्वा) :  संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।

यहाँ केही दिनय"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित

२१ पुष २०७८, बुधबार ०७:४६

पुस २१ (रासस/सिन्ह्वा) : फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो संख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका बताएका छन् ।युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको यहाँका अधिकारीरुले जनाएका छन् ।

मंगलबार त्यसको पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।साथै मंगलबार दिएको जानकारीअनुसार हाल त्यहाँका २० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन् । तीमध्ये तीन हजार ६०० भन्दा बढी आइसियूमा भर्ना भएका बताइएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ । जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताउनुभएको थियो ।

सोही बमोजिम नै अहिले यहाँ कोभिडका सङ्क्रमतिहरु बढेका बताइएको छ । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन् । फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ । फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर सङ्क्रमितहरु भने बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने