२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारी हिमपातमा हजारौं पर्यटक फसे, २१ जनाको मृत्यु, १० जना कारभित्रै जमे

२०७८, २५ पुष आईतवार ००:५५

पुस २५, काठमाडौँ | एजेन्सी | पाकिस्तानको पन्जाबको पहाडी क्षेत्र मुर्रीमा भएको भारी हिमपातको कारण हजारौं पर्यटकहरु बीच बाटोमै फसे । जसमा सवारीको संख्या मात्र १००० बढी रहेको बताइएको छ । 

बिबिसीको रिपोर्ट अनुसार, शनिवार भएको यो घटनाको कारण १० बच्चा सहित २१ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये कम्तिमा १० जनाको मृत्यु कारमा बस्दा-बस्दै जमेर भएको हो ।


कारमा बस्दाबस्दै मृत्यु भएको भिडियोको दर्दनाक दृष्य सहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ । स्थानीय संचारमाध्यमहरुको अनुसार मृत्यु हुनेहरुमा एक प्रहरीकर्मी, उनकी श्रीमती र ६ जना बच्चा समेत रहेका छन् । साथै अर्को एक परिवारको पनि ५ जना सदस्यको मृत्यु भएको खबर छ । एक पर्यटक उस्मान अब्बासीले फोनमा बताए अनुसार  त्यहाँको अवस्था भयानक छ । हिमपातका कारण पर्यटकहरुको सवारी सडकमै फसेको र सो क्रममा हजारौं सवारीहरु जाममा फसेको छ । त्यस क्रममा भारी हिमपात भएको बताइएको छ । 

रिपोर्ट अनुसार सबै मानिस उक्त स्थानमा हिमपातको आनन्द लिन त्यहाँ पुगेका थिए, तर शनिवार फर्कने क्रममा सडकमै फसेका हुन् । पाकिस्तानका गृहमंत्री शेख राशिदका अनुसार, मुर्रीमा यो स्थिति आउनु अघि पछिल्लो केहि दिन यता १ लाख भन्दा बढी पर्यटक सवारीहरु पुगेका थिए ।


पाकिस्तानको राजधानी इस्लामाबादबाट उत्तरमा पर्ने मुर्री समुन्द्र सतहदेखि करीब ७५०० फिटको ऊंचाईमा अवस्थित छ ।  यसलाई १९ औं सताव्दीमा ब्रिटिश सेनाले आफ्नो मेडिकल बेसको रुपमा प्रयोग गरेको थियो । पहाडी क्षेत्र भएको कारण पर्यटकहरुको रक्षाको लागि पाकिस्तानी सेनाले रेस्क्यू अपरेशन गरिरहेको छ । तर उनीहरुलाई उक्त स्थानबाट पर्यटकको रेस्क्यू गर्न धेरै समस्या भईरहेको छ।

हिमपातको कारण बाटोमा चिसोबाट जुधीरहेका पर्यटकहरुलाई कारबाट निकालेर सरकारी भवन तथा स्कूलमा पुर्याइदै छ । जहा स्थानीयहरुले ओड्ने कम्वल र खाना उपलब्ध गराएका छन् ।


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिमपातको कारण मृत्युको खबरलाई लिएर दु:ख व्यक्त गरेका छन् । इमरानले सामाजिक संजालमा भनेका छन्- मौसमको जानकारी नलिई ठूलो संख्यामा पर्यटकहरु त्यहाँ पुग्नु र भयानक हिमपातबाट जुध्न परेकाले स्थानीय निकायको पर्याप्त तयारी थिएन । यसको अनुसन्धान हुँदैछ ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने