२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोरोनाको कारण २४ घण्टामै २४३४ जना अस्पताल भर्ना, एकै दिन ३१३ जनाको मृत्यु

२०७८, २५ पुष आईतवार ०१:२२

पुस २५, लन्डन | एजेन्सी | बेलायतमा कोरोना महामारी सुरु भएपछि कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । बेलायतको 'डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर' ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितहरुको मृत्यु भएको छ । यो संगै कुल मृतक सङ्ख्या एक लाख पचास हजार ५७ पुगेको हो । 

बेलायतमा कोरोना सङ्क्रमणको मृत्युको गणनाको नियम अनुसार संक्रमण पुष्टि भएको २८ दिनभित्र कसैको ज्यान गएमा कोरोनाकै मृतकको रूपमा घोषणा गर्ने गरिएको छ । विश्वमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्या एक लाख पचास हजार नाघ्ने  मुलुकमा अमेरिका, ब्राजिल, भारत, रसिया, मेक्सिको र पेरु रहेका छन् । अब बेलायत पनि उक्त सूचीमा समावेश भएको छ । बेलायत सातौँ स्थानमा पर्दछ । 

बेलायतमा पछिल्लो २४ घण्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण बढेपछि बेलायतमा हाल सङ्क्रमण दर तीव्र रूपमा फैलिएको छ । अघिल्लो हप्ता  दैनिक सङ्क्रमण दुई लाख बीस हजार नाघे पनि पछिल्ला दिनमा सङ्क्रमण दर केही ओरालो लागेको छ । सङ्क्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई हजार ४३४ जना अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका कारण  भर्ना हुनेको सङ्ख्या अठार हजार ४५४ पुगेको  छ ।  त्यस्तै ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ४८ लाख २६ हजार २४३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १९ लाख १९ हजार ८१५ जना अर्थात् ९०.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ७६ लाख ३२  हजार ४८३ जना अर्थात् ८२.२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ३ करोड ५२ लाख ७३ हजार ९४५ अर्थात् ६१.३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने