पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 
<"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

२०७८, २५ पुष आईतवार ०७:१६

पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 

 सुडानका राजनीतिक दलहरुलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पहल गरेको हो । यसका लागि सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पर्थस्ले सुडानका सबै दललाई वार्ताको टेबलमा बस्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभएको हो । 

संयुक्त राष्ट्रसंघले सबै पक्षलाई समेटेर एक सर्वपक्षीय सम्मेलन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सुडानका सबै राजनीतिक दलहरु, आन्दोलनरत पक्ष, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरुलाई पनि सो वार्तामा बोलाइने उहाँले बताउनुभयो । 

साथै संयुक्त राष्ट्रसंघले यो समय हिंसा र आन्दोलन गर्ने समय नभएकाले सबै पक्ष मिलेर शान्तिपूर्ण रुपमा राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएको छ । यहाँका राजनीतिक दलहरुले सरकारका विरुद्धमा आन्दोलन गरेका छन् । सो आन्दोलनका कारण यहाँ केही दिनदेखि हिंसा जारी रहेको छ । 

यहाँका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । तर पनि राजनीतिक संकट भने हटेको छैन । अहिले पनि यहाँ दिनहुँजसो आन्दोलन जारी नै रहेको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने