पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 
<"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

२५ पुष २०७८, आईतवार ०७:१६

पुस २५ , खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 

 सुडानका राजनीतिक दलहरुलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पहल गरेको हो । यसका लागि सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पर्थस्ले सुडानका सबै दललाई वार्ताको टेबलमा बस्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभएको हो । 

संयुक्त राष्ट्रसंघले सबै पक्षलाई समेटेर एक सर्वपक्षीय सम्मेलन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सुडानका सबै राजनीतिक दलहरु, आन्दोलनरत पक्ष, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरुलाई पनि सो वार्तामा बोलाइने उहाँले बताउनुभयो । 

साथै संयुक्त राष्ट्रसंघले यो समय हिंसा र आन्दोलन गर्ने समय नभएकाले सबै पक्ष मिलेर शान्तिपूर्ण रुपमा राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएको छ । यहाँका राजनीतिक दलहरुले सरकारका विरुद्धमा आन्दोलन गरेका छन् । सो आन्दोलनका कारण यहाँ केही दिनदेखि हिंसा जारी रहेको छ । 

यहाँका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । तर पनि राजनीतिक संकट भने हटेको छैन । अहिले पनि यहाँ दिनहुँजसो आन्दोलन जारी नै रहेको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला