पुस २७, रासस | चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रासस | चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालि"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

२७ पुष २०७८, मंगलवार ०७:४९

पुस २७, रासस | चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।

हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरु निकै अप्ठेरोमा परेको र मानवीय सहायताको पनि खाँचो परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गर्नुभएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको हो ।

अफगान नागरिक यतिबेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरु फुकुवा गर्नुपर्ने उहाँको भनाई थियो ।

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने