पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जा पछि पेशा परिवर्तन गरे

२७ पुष २०७८, मंगलवार ११:१३

पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्  । जिविकोपार्जनका निम्ति अन्य पेशाको सहारा लिन वाध्य भएको  खामा प्रेसले  उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।

"(पूर्व) सरकारको पतन पछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छवटा रेडियो स्टेशनहरू बन्द भएका छन् – तीमध्ये पाँचवटा आर्थिक चुनौतीहरूको कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ । " पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गर्नुभएको छ।

फाउन्डेसनको निष्कर्षले देखाएको के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेशा रोजेकोमा सन्तुष्ट छन् भने ८ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ।

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए ।

केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्यूजले रिपोर्ट गरेको छ।

फाउन्डेसनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेशागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।

फाउन्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको  पनि खामा प्रेसले रिपोर्ट गरेको छ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ। 

सर्वेक्षण अनुसार, "कुल २३१ मिडिया आउटलेटहरू बन्द गर्नु परेको छ र ६,४०० भन्दा बढी पत्रकारहरूले अगस्ट १५ देखि आफ्नो जागिर गुमाएका छन्। महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्, पाँच मध्ये चारले काम  गुमाएका छन्।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव