पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जा पछि पेशा परिवर्तन गरे

२०७८, २७ पुष मंगलवार ११:१३

पुस २७, रासस | तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्  । जिविकोपार्जनका निम्ति अन्य पेशाको सहारा लिन वाध्य भएको  खामा प्रेसले  उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।

"(पूर्व) सरकारको पतन पछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छवटा रेडियो स्टेशनहरू बन्द भएका छन् – तीमध्ये पाँचवटा आर्थिक चुनौतीहरूको कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ । " पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गर्नुभएको छ।

फाउन्डेसनको निष्कर्षले देखाएको के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेशा रोजेकोमा सन्तुष्ट छन् भने ८ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ।

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए ।

केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्यूजले रिपोर्ट गरेको छ।

फाउन्डेसनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेशागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।

फाउन्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको  पनि खामा प्रेसले रिपोर्ट गरेको छ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ। 

सर्वेक्षण अनुसार, "कुल २३१ मिडिया आउटलेटहरू बन्द गर्नु परेको छ र ६,४०० भन्दा बढी पत्रकारहरूले अगस्ट १५ देखि आफ्नो जागिर गुमाएका छन्। महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्, पाँच मध्ये चारले काम  गुमाएका छन्।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार