पुस २८, रासस | बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, रासस | बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोलिभियाका उपराष्ट्रपति र छ मन्त्री सङ्क्रमित

२०७८, २८ पुष बुधबार ०९:३८

पुस २८, रासस | बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उहाँहरुको उपचार भइरहेको उल्लेख गरिएको छ ।

उहाँहरु मध्ये मन्त्रीहरु सवैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसक्नु भएको थियो भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाउनु भएको थियो । “उहाँहरु सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नु भएको छ,” वक्तव्यमा लेखिएको छ ।  

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार