पुस २९,काठमाडौँ | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९,काठमाडौँ | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहे"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

२९ पुष २०७८, बिहीबार ०६:१३

पुस २९,काठमाडौँ | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।  

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५९प्रतिशत रहेको जनाइएको छ । 

सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु