३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

२९ पुष २०७८, बिहीबार ११:१३

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

पुस २९, काठमाडौँ | बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले  बुधबार जानकारी दिएका छन् । 

पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरुलाई हालैका आक्रमणहरुको लागि दोष लगाउँदै आएका छन् । आक्रमणकारीहरूले मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेका  अधिकारीहरुले बताएका छन् । 

“आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । “गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौं।“स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसन बताउनु भएको छ ।  आक्रमणमा १८ जनाको ज्यान गएको उहाँ बताउनु भएपनि आधिकारिक मृत्युको संख्या भने  बताउनु भएको छैन् ।  

‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’   मलिसनले एक विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ । २४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’