३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

३० पुष २०७८, शुक्रबार ०६:४५

पुस ३०,काठमाडौँ | संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गर्नुभएको छ ।दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ । हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उहाँले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो ।

संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको छ उहाँले भन्नुभएको छ । उहाँले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्यक्रअरु सञ्चालन होस् भन्ने चाहेको पनि बताउनुभएको छ ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’