३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

३० पुष २०७८, शुक्रबार ०८:१८

पुस ३०, काठमाडौँ | तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो ।

अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरूबन्द भएका थिए।

"दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ," विज्ञप्तिमा भनिएको छ, "एटीएमहरू पुन: सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ।"

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् ।

यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ ।

नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’