३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ दुर्लभ पृथ्वी खनिजहरू प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

२ माघ २०७८, आईतवार ०६:२०

माघ २, काठमाडौँ | रक्षा ठेकेदारहरूलाई  सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ-पृथ्वी विधेयक’ पेश गरिएको छ।

अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयासको पृष्ठभूमिमा यो अमेरिकाको अर्को राजनीतिक चाल हो यद्यपि यसले चीनको दुर्लभ-पृथ्वी क्षेत्रको विकासमा बाधा नपर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

बेइजिङस्थित एन्बाउन्ड कन्सल्टिङका वरिष्ठ विश्लेषक लिउ एन्कियाओले ग्लोबल टाइम्सलाई भने, आफ्नै दुर्लभ-पृथ्वी आपूर्ति शृङ्खला स्थापना गर्ने लक्ष्यका साथ वाशिंगटनको चालहरूको शृङ्खलालाई हेर्दा यो आश्चर्यजनक कदम होइन।

यस कदमको पछाडिको व्यापक सन्दर्भ अमेरिका-चीन बिग्रँदै गएको सम्बन्ध हो।

यसबाहेक हतियार सहित उच्च प्रविधि उत्पादनहरूको लागि महत्त्वपूर्ण कच्चा पदार्थका निम्ति अमेरिका चीनको दुर्लभ पृथ्वी खनिजको आपूर्तिमा धेरै निर्भर गर्दछ ।  चीनसँग ४४ मिलियन टन दुर्लभ पृथ्वी खनिजको भण्डार छ जुन विश्वव्यापी भण्डारको ३६.७ प्रतिशत हो। ग्लोबल टाइम्सका अनुसार सन् २०२० मा चीनले  १४०,००० टन दुर्लभ पृथ्वी खनिज उत्पादन गरेको जनाइएको छ र यो मात्रा विश्वव्यापी उत्पादनको लगभग ६० प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’