३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

२ माघ २०७८, आईतवार ०७:०३

माघ २, बेइजिङ | करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिनुभयो ।

शनिबार पत्रकार सम्मेलनमा उहाँले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताउनुभएको हो । सो पत्रकार सम्मेलनमा उहाँले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गर्नुभयो । सो अवसरमा उहाँले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गर्नुभएको थियो ।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन् । ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’