२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको कराँचीमा कोभिड १९ पोजिटिभ दर ४० प्रतिशत पुगेको छ

२०७८, ३ माघ सोमबार १०:०२

माघ ३, एजेन्सी | पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई  कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ । 

यो पछिल्लो बृद्धि कोभिड १९ को पाँचौं लहरको कारणले भएको जनाइएको छ । कोभिड १९ सङ्क्रमण यसवर्ष मार्चको मध्यमा शिखरमा पुग्ने डन अखबारले जानकारी दिएको छ । सोमबार पाकिस्तानमा चार हजार ३४० थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको जनाएको छ । 

पाकिस्तानमा गत २४ घण्टामा परिक्षण गरिएका व्यक्तिहरुमा ८.७ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । यद्यपी पछिल्लो २४ घण्टामा कराँचीमा ३९.३९ प्रतिशतमा संक्रमण दर पुगेको स्वास्थ्य विभागले जनाएको छ । डनका अनुसार ती सङ्क्रमितहरुमा करिब ९५ प्रतिशत ओमिक्रोन भेरियन्टका देखिएको जनाइएको छ ।

अधिकारीहरुले डाक्टर, नर्स र प्यारामेडिकहरुमा बढ्दो संक्रमण संख्या रहेको र यसमा चिन्ता व्यक्त गरेका छन् । यो ५०० भन्दा कम नहुने एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै डनले जनाएको छ ।  पाकिस्तानमा हालसम्म १३ लाखभन्दा बढी कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाली देशमा पनि भाइरसका कारण २९ हजार १९ जनाको मृत्यु भएको छ ।

सिन्धको प्रान्तीय सरकारले आइतवार मास्क लगाउन अस्वीकार गर्ने सरकारी कर्मचारीहरूको तलब कटौतीको घोषणा गरेको जियो न्यूजले जनाएको छ । प्रदेशमा बढ्दो कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने