३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

४ माघ २०७८, मंगलवार ०५:४६

माघ ४, काठमाडौँ | पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेख्नुभएको छ, ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो । "उहाँ (पुटिन) पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।“

दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । खानले भन्नुभयो, "हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाहरूबारे पनि छलफल गर्‍यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौँ।"

सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गर्नुभएको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’