४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा ड्रोन हमलाको बदला, यमनमा हुथीका कमाण्डरसहित २० जना मारिए, युद्धले नयाँ मोड लिने संकेत

५ माघ २०७८, बुधबार ०८:३७

माघ ५, काठमाडौं। साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको मृत्यु भएको छ । मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको टीआरटी समाचार माध्यमले जनाएको छ।

हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह कासिम अल जुलाइदको समेत मृत्यु भएको समाचारमा उल्लेख छ । हुथीको सञ्चालन गर्दै आएको साबा समाचार माध्यमले समेत साउदी हवाई हमलामा जुनाइदसहित उनकी श्रीमति र छोरा मारिएको पुष्टि गरेको छ ।


सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुथीले ड्रोन हमला गरलगत्तै गठबन्धन सेनाले सानामा हवाई हमला गरेको हो । अबुधाबीमा भएको ड्रोन हमलामा २ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

अबुधाबीको मुसफ्फह क्षेत्रको एक तेल भण्डारण केन्द्रका ३ वटा तेल ट्याङ्कर र अबुधाबी विमानस्थल नजिकैको एक निर्माण स्थलमा भएका दुबै हमलाको जिम्मा हुथीले लिएको थियो । लगत्तै यूएईले ड्रोन हमलाको बदला दिने चेतावनी दिएको थियो ।

पछिल्लो समय युएईले यमनमा हुथीसँग लडिरहेका फौजलाई सहयोग गर्दै आएको छ । यूएईमा भएको पछिल्लो ड्रोन हमलापछि यमनमा जारी युद्धले नयाँ मोड लिन सक्ने विश्लेषण हुन थालेको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’