माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनि"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जंगली र घरपालुवा जनावरमा पनि कोरोना संक्रमण

६ माघ २०७८, बिहीबार ०७:१७

माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनिक भएका छन् ।

दक्षिण अफ्रिकामा सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्युमा जातको एक बिरालोलाई पनि कोरोना भाइरस सरेपछि नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता बढेको छ । चिडियाखानामा सिंह र प्युमा जातको बिरालोलाई कोरोनाभाइरस सरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनले निष्कर्ष निकालेको छ । वैज्ञानिकहरूले भने मानिसबाट जनावरमा कोरोना सरेमा घातक हुने जनाएका छन् ।

लगातार कोरोना भाइरस जनावरमा फैलिरहे मानिसमा सर्ने सम्भावना हुन्छ । जनावरबाट मानिसमा र मानिसबाट जनावरमा लगातार सरेमा नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औंल्याउँदै वैज्ञानिकहरूले सचेत गराएका छन् । चिडियाखानाका जीवजन्तुमा पनि मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षण देखा परेको छ । सिंह र प्युमा जातिको बिरालो पनि मानिसजस्तै बिरामी परेका छन् ।

जनावरलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर, उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए । वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्।

उता रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोनाभाइरसविरुद्धको खोप दिन थालिएको जनाएका छन्। मानिसबाट जनावरमा सरेर खतरा हुने अवस्थालाई ख्याल गर्दै जनावरलाई खोप दिइएको जनाइएको छ । गत मार्च महिनामा रुसले कोरोनाभाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो । रुसका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’