२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद सहायता प्रदान

२०७८, ७ माघ शुक्रबार ०६:०९

माघ ७, काठमाडौँ | संयुक्त राष्ट्रसंघले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

अफगानिस्तानको केन्द्रीय बैंक-दा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघको सहायता जारी रहेको र उनीहरूले अमेरिकी डलर ३२ मिलियन नगद प्राप्त गरेको खामा प्रेसले जनाएको छ।  सो रकम अफगानिस्तानलाई मार्च २०२२ सम्म साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा हो।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि देश आर्थिक, मानवीय र सुरक्षा सङ्कटमा गहिरिँदै गएको छ।

विदेशी सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तरराष्ट्रिय प्रतिबन्धको संयोजनले पहिले नै उच्च गरिबीको स्तरबाट पीडित देशलाई हाल झन् गहिरो आर्थिक सङ्कटमा डुबाएको छ।

सरकारदेखि गैरसरकारी संस्थासम्म अन्तरराष्ट्रिय समुदायले अफगान जनतालाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने