४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद सहायता प्रदान

७ माघ २०७८, शुक्रबार ०६:०९

माघ ७, काठमाडौँ | संयुक्त राष्ट्रसंघले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

अफगानिस्तानको केन्द्रीय बैंक-दा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघको सहायता जारी रहेको र उनीहरूले अमेरिकी डलर ३२ मिलियन नगद प्राप्त गरेको खामा प्रेसले जनाएको छ।  सो रकम अफगानिस्तानलाई मार्च २०२२ सम्म साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा हो।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि देश आर्थिक, मानवीय र सुरक्षा सङ्कटमा गहिरिँदै गएको छ।

विदेशी सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तरराष्ट्रिय प्रतिबन्धको संयोजनले पहिले नै उच्च गरिबीको स्तरबाट पीडित देशलाई हाल झन् गहिरो आर्थिक सङ्कटमा डुबाएको छ।

सरकारदेखि गैरसरकारी संस्थासम्म अन्तरराष्ट्रिय समुदायले अफगान जनतालाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’