2026-06-30 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकैदिनमा साढे तीन लाख कोरोना सङ्क्रमित

माघ ७, काठमाडौँ | भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ ।

अघिल्लो दिन भारतमा तीन लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको  विवरण सार्वजनिक गरिएको थियो ।

सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि दिन प्रति दिन बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा अहिले २० लाख १८ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने दुई लाख ५१ हजार ७७७ रहेको छ ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ