साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण: ७० जनाको मृत्यु

Posted on: 22 Jan, 2022

माघ ८, काठमाडौँ | यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ७० जना मानिसको मृत्यु भएको हुथी विद्रोहीहरुले बताएका छन्। १ सय ३८ जना घाइते भएका छन्। उत्तरी यमनको सो क्षेत्रमा घातक बम विस्फोट गराइएको बीबीसीले जनाएको छ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले सोमबार हमला गरेसँगै हुथी विद्रोहीले पनि जवाफ हमलाहरु बढाएको हो। देशको उत्तरी क्षेत्र नियन्त्रण गर्न कारागारमा रहेका ७० भन्दा मारिएको हुथी सरकारका अधिकारीहरुले दावी गरेका छन्।

आक्रमणमा कयौं घाइते भएकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। सो आक्रमणमा सबैभन्दा बढी आप्रवासीहरु घाइते भएका छन्। विद्रोहीले रातको समयमा गरेको हमलाका कारण टेलिकम्युनिकेशनको मुख्य प्रणाली पनि उनीहरुकै नियन्त्रणमा रहेको छ। सो आक्रमणसँगै इन्टरनेटमा पनि समस्या आएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

कारागारमा भएको आक्रमणको विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले निन्दा गरेका छन्। यसअघि पनि हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा ५ जना मानिसको मृत्यु भएको थियो। सो आक्रमण भएको एक साता बित्न नपाउँदै फेरि अर्को हमला भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!