२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या

२०७८, ९ माघ आईतवार ०६:२१

माघ ९, काठमाडौँ |  अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले सो दुर्घटनामा परेर सात जनाको मृत्यु भएको बताएका छन् । 

 उनका अनुसार घटनामा अरु नौ जना घाइते पनि भएका छन् । घाइतेहरु जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन । 

 तर शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले पनि लिएको छैन । अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो । तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो ।

 अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ । तर पनि यहाँ मानवीय संकटको अवस्था सिर्जना भएका विवरणहरु भने प्रतिदिन आइरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार