४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा बसमा बम हमला गरी सातको हत्या

९ माघ २०७८, आईतवार ०६:२१

माघ ९, काठमाडौँ |  अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले सो दुर्घटनामा परेर सात जनाको मृत्यु भएको बताएका छन् । 

 उनका अनुसार घटनामा अरु नौ जना घाइते पनि भएका छन् । घाइतेहरु जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन । 

 तर शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले पनि लिएको छैन । अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो । तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो ।

 अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ । तर पनि यहाँ मानवीय संकटको अवस्था सिर्जना भएका विवरणहरु भने प्रतिदिन आइरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’