३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमनमा भएको हवाई आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

९ माघ २०७८, आईतवार ०७:३१

माघ ९, काठमाडौँ | यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शुक्रबार साउदी अबेरियाको नेतृत्वको सैन्य समूहले त्यहाँ हवाई आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परेर अरु कम्तीमा पनि एक सय जना घाइते पनि भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार जारी छ । शुक्रबार रातिको समयमा जेल लगायतका स्थानमा साउदी सेनाले हवाइ आक्रमण गरेको थियो । कम्तीमा १०० जनाको मृत्यु भएको र अरु सयजना भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन् ।

सो घटनाको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गर्नुभएको हो । उहाँले हवाई हमलाबाट थुनामा रहेका व्यक्तिको ज्यान जानु ठूलो अपराध भएको बताउनुभएको हो । यस्ता नागरिक हत्याका कार्य तत्कालै बन्द गर्न उहाँले विज्ञप्तिमार्फत् आग्रह पनि गर्नुभएको छ । यस्ता कार्य निन्दनीय रहेको भन्दै नागरिकको सुरक्षाको उहाँले माग पनि गर्नुभएको छ ।

यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएका बताउनुभएको छ । इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीहरूले जारी गरेको तस्बीरमा उद्धारकर्मीहरूले ध्वस्त भएका जेल भवनहरूबाट क्षतविक्षत मृत शरीरहरू तानेर थुपार्दै गरेका दृश्यहरू देखिएका छन् ।

हुथीहरूले संयुक्त अरब इमिरेट्समा हवाईजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमलाहरू भएका छन् । पछिल्ला केही महिनाहरुमा हुथी व्रिद्रोहीहरुलाई लक्ष्य गरेर साउदी अरेबियाको नृतृत्वमा रहेको सैन्य समूहले यमनी आकासबाट हमला गर्ने गरेको छ । यसबाट हुथी विद्रोहीका साथै सर्वसाधारणहरुको पनि ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’