2026-06-30 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कको कम्पनीले गर्यो मानव मस्तिष्कमा ‘चिप’ लगाउने तयारी

माघ ९, काठमाडौँ | एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ ।

मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुंगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।

सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ ।

प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।’

मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ