३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

१० माघ २०७८, सोमबार ०७:५४

माघ १०, काठमाडौँ | अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।

अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ ।

आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ ।

“सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरु आठ जना घाइते भएका छन् । घाइतेहरुको शरीर जलेको र उनीहरुको अवस्था पनि गम्भीर रहेको छ,” मन्त्री रेने इमानुयल सादीले भन्नुभयो । 

मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दा गर्दै धेरै मानिसलाई आगोले छोएको थियो ।

घटना बारे थाहा पाउने वित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक रहेका थिए । रात्रि क्लवमा रहेका मध्ये प्राय युवायुवती रहेका थिए ।

आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरुलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने द्धार एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’