२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगोमा ५१ जना लडाकु सदस्यहरुलाई मृत्युदन्डको सजाय

२०७८, १६ माघ आईतवार ०७:४६

माघ १६, काठमाडौँ | प्रजातान्त्रिक गणतन्त्र कंगोमा दर्जनौं लडाकु सदस्यहरुलाई मृत्युदन्डको सजाय सुनाइएको छ । राष्ट्रसंघका दुई जना विज्ञहरुको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदन्डको सजाय सुनाएको हो ।

सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरु सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए ।सो क्रममा उनीहरुका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए । अपहरणको १६ दिनपछि उनीहरुको शव भेटिएको थियो । उनीहरुमध्ये क्याटालनको शिर छेदन गरिएको थियो ।

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौं मानिसको मृत्यु भएको थियो । सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाख भन्दाबढी मानिस विस्थापित भएका थिए ।

सो घटनापछि राष्ट्रसंघ स्तब्ध बनेको थियो । न्याय सुनिश्चित गर्न राष्ट्रसंघले सम्भाव्य सबै कदम चाल्ने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए ।

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौं मानिसको मृत्यु भएको थियो । सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाख भन्दाबढी मानिस विस्थापित भएका थिए ।

दर्जनौं प्रतिवादीहरुमध्ये अदालतले ५१ जनालाई मृत्युदन्ड सुनाएको हो । तर, कंगोले मृत्युदन्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदन्डको सजाय पनि जन्म कैदमा रुपान्तरण हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार