२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

२०७८, १६ माघ आईतवार ०८:२५

माघ १६, काठमाडौँ | पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्छ र यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँनुभएको छ।

"वाशिङ्गटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौं " ट्रम्पले टेक्सासको कन्रोमा शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भन्नुभयो ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नु पर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त  रहेको टिप्पणी गर्नु भएको छ ।

"उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ," ट्रम्पले जोड दिनुभयो, "जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनु अघि, उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनु पर्छ।"

ट्रम्पले बाइडेनले तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको चेतावनी दिनुभएको छ । शुक्रबा, अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले रुसले युक्रेनी सीमामा कुनै पनि क्षण आक्रमण गर्न पर्याप्त सेना जम्मा गरेको दाबी गरे र संकटको कूटनीतिक समाधानको लागि खोजी जारी राख्न आग्रह गर्नुबएको थियो।

मस्कोले बारम्बार आफ्नो छिमेकीलाई आक्रमण गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेको छ । यसले कसैलाई धम्की दिएको छैन र यसको सिमाना नजिक नाटोको बढ्दो उपस्थिति र युक्रेनको सैन्यकरणमा चिन्ता व्यक्त गरेको  जनाएको छ।

बुधबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले युरोपको लागि रुसको सुरक्षा प्रस्तावमा वाशिंगटनको प्रतिक्रिया दिनुभएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रुसले उक्त प्रतिक्रियाको समीक्षा गरिरहेको तर संयुक्त राज्यले नाटो विस्तार नगर्ने मुख्य प्रश्नलाई अनुत्तरित छोडेको टिप्पणी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने