४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले अफगान कूटनीतिज्ञहरूको दूतावास बन्द गर्ने र कूटनीतिक उन्मुक्ति खोस्ने

१७ माघ २०७८, सोमबार १०:०७

माघ १७, काठमाडौँ | संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।

यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताए अनुसार लस एन्जलस र न्यूयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्यूजले जनाएको छ। अमेरिकामा रहेका अफगान कूटनीतिज्ञहरूलाई  यस हप्ताको शुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो। 

अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसका कर्मचारीहरूको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ।

यद्यपि, एक अज्ञात कूटनीतिज्ञले अल अरबियालाई भने, "उनीहरूले त्यहाँ दूतावास र वाणिज्य दूतावासको मिसनहरू बन्द हुने बताएका छन्," पजवोक अफगान न्यूजले उल्लेख गरेको छ ।

अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिवानद्वरा काबुल नियन्त्रणपछि वाशिंगटनको यो कदम छ करिब महिनापछि आएको हो।

तालिबानलाई संयुक्त राज्य अमेरिका सहित धेरै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’