८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकले पनि दियो आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश

१ फाल्गुन २०७८, आईतवार ०७:१३

फागुन १, काठमाडौँ । पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ ।इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ ।

इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको छ ।

यसअघि रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायत लगायतका पश्चिमी देशहरुले पनि आफ्ना दूताबास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन् । तर युक्रेनमा रुसले आक्रमण गर्ने भन्ने समाचारको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने खण्डन गर्नुभएको छ ।उहाँले बाहिर हल्ला आएजस्तो रुसले युक्रेनमा हमला गर्ने भन्ने समाचार सत्य नरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा