४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनसँग भारतको सम्बन्ध निकै कठिन दौरमा गुज्रिरहेको छ – भारतीय विदेशमन्त्री

८ फाल्गुन २०७८, आईतवार ०५:१६

फागुन ८, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताएका छन् । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिएका हुन् ।

जयशंकरले एक प्रश्नको जवाफमा भने, ‘भारतको चीनसँगै एउटै समस्या छ । सन् १९७५ देखि ४५ वर्षसम्म सीमामा शान्ति रह्यो, सीमा प्रबन्ध स्थिर रह्यो, कोही पनि सैनिक हताहत भएनन् । तर अहिले यो बदलिएको छ किनभने हामीले चीनसँगको सीमामा रहेको वास्तविक नियन्त्रण रेखामा सैन्य बल तैनाथ नगर्ने सम्झौता गरेका थियौँ तर चीनले त्यस सम्झौतालाई उल्लङ्घन गरेको छ ।’

‘‘स्वाभाविक रूपमा सीमाको स्थितिले दुई देशबीचको सम्बन्धको स्थितिलाई पनि तय गर्दछ,’ उनले भने, ‘त्यही भएर अहिलेको समयमा चीनसँग भारतको सम्बन्ध निकै कठिन समयबाट गुज्रिरहेको छ ।’ सन् २०२० को जुन १५ मा गलवान घाटीमा दुई देशका सेनाबीच भएको हिंस्रक झडपपछि भारत र चीनबीच पूर्वी लद्दाखमा गतिरोध सुरु भएको थियो । त्यसपछि दुवै देशले सो क्षेत्रमा बिस्तारै सैनिक र हतियारको तैनाथी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण