४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

८ फाल्गुन २०७८, आईतवार ०८:२०

फागुन ८, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

म्युनिख सुरक्षा सम्मेलनमा भिडियो द्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्त्री वाङले "(चीन) सबै प्रकारका पूर्वाग्रह र अनावश्यक आरोपहरू अस्वीकार गर्दछ,"  भन्ने टिप्पणि गरेका छन् ।  अधिकारवादी समूह र अमेरिकाले चीनले जातीय उइगरहरू विरुद्ध नरसंहार गरेको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो।

चीनमाथि उइगर र अन्य अल्पसंख्यक समूहहरूमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लगाइएको छ जसमा यातना, जबरजस्ती श्रम र १० लाख मानिसहरूलाई नजरबन्द शिविरमा थुनिएको आरोप छ।

गैर-सरकारी संस्थाहरू र  सञ्चार माध्यमहरूले चिनियाँ अधिकारीहरूले धेरै गम्भीर मानवअधिकार उल्लङ्घनहरू गरेको प्रतिवेदन तयार पारेका छन् ।

यसमा सिनजियाङ (उइघुर क्षेत्र) मा लाखौं उइघुर र अन्य टर्किक समूहहरूको मनमानी नजरबन्द, यातना र जबरजस्ती श्रम समावेश छ । हङकङमा स्वतन्त्र मिडिया, लोकतान्त्रिक संस्था र कानुनको शासनको पतन; उच्च-प्रविधि निगरानी प्रणालीहरूले अधिकारीहरूलाई शान्तिपूर्ण आचरणहरू ट्र्याक गर्न र अन्यायपूर्ण रूपमा अभियोजन गर्न सक्षम बनाउँन सहयोग पुर्याउँने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट