२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

२०७८, ८ फाल्गुन आईतवार ०८:२०

फागुन ८, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

म्युनिख सुरक्षा सम्मेलनमा भिडियो द्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्त्री वाङले "(चीन) सबै प्रकारका पूर्वाग्रह र अनावश्यक आरोपहरू अस्वीकार गर्दछ,"  भन्ने टिप्पणि गरेका छन् ।  अधिकारवादी समूह र अमेरिकाले चीनले जातीय उइगरहरू विरुद्ध नरसंहार गरेको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो।

चीनमाथि उइगर र अन्य अल्पसंख्यक समूहहरूमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लगाइएको छ जसमा यातना, जबरजस्ती श्रम र १० लाख मानिसहरूलाई नजरबन्द शिविरमा थुनिएको आरोप छ।

गैर-सरकारी संस्थाहरू र  सञ्चार माध्यमहरूले चिनियाँ अधिकारीहरूले धेरै गम्भीर मानवअधिकार उल्लङ्घनहरू गरेको प्रतिवेदन तयार पारेका छन् ।

यसमा सिनजियाङ (उइघुर क्षेत्र) मा लाखौं उइघुर र अन्य टर्किक समूहहरूको मनमानी नजरबन्द, यातना र जबरजस्ती श्रम समावेश छ । हङकङमा स्वतन्त्र मिडिया, लोकतान्त्रिक संस्था र कानुनको शासनको पतन; उच्च-प्रविधि निगरानी प्रणालीहरूले अधिकारीहरूलाई शान्तिपूर्ण आचरणहरू ट्र्याक गर्न र अन्यायपूर्ण रूपमा अभियोजन गर्न सक्षम बनाउँन सहयोग पुर्याउँने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से