४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अमेरिकाको उपहार हो, यसलाई अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम निर्णय हो- अमेरिका

८ फाल्गुन २०७८, आईतवार १०:५६

फागुन ८, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ । 

यहाँस्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसीसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ । नेपालको अर्थतन्त्रको विकास गर्दै गरिबी घटाउन परियोजना नेपाल सरकारकै अनुरोधमा तयार गरिएको पनि अमेरिकाले स्पष्ट गरेको छ । 

“यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औँ वर्ष हो । यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौँ ।  यो देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरूसहित अझ धेरै सहयोग गरेका छौँ ।  नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय हो र नेपालको मात्र निर्णय हो,” विज्ञप्तिमा भनिएको छ । 

“यो ५० करोड डलर एमसीसी अनुदान अमेरिकी जनताको उपहार हो । हाम्रा राष्ट्रहरूबीचको साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ । यो परियोजना नेपाल सरकार र नेपाली जनताद्वारा अनुरोध गरिएको थियो र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्रको विकास गर्न ‘डिजाइन’ गरिएको थियो,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट