विद्यालयमा ठोक्किएर इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

Posted on: 21 Feb, 2022

फागुन ९, काठमाडौँ । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ  । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!