२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले निकाल्यो आणविक हतियार, रुसलाई बेलारुसको साथ

२०७८, ९ फाल्गुन सोमबार ०८:१४

फागुन ९, काठमाडौँ । रुस–युक्रेन युद्धको आशंकाका बीचमा रुसले आणविक हतियार निकालेको छ । रुसले बेलारुसमा आणविक हतियारसहित ‘न्यूक्लियर ड्रिल’ गरेको छ । यसका साथै रुसको नौ सेनाले पनि ब्ल्याक सीमा युद्धाभ्यास गरेको छ । यतिबेला रुसले युक्रेनलाई तीन तिरबाट घेरेर राखेको छ । युक्रेनसँगको सीमामा डेढ लाखभन्दा धेरै रुसी सैनिक तैनाथ छन् । केही दिन पहिलेसम्म १ लाख सैनिक तैनाथ भएको रिपोर्ट थियो ।

केही दिन पहिले रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता बोलाएको घोषणा गरेको थियो । तर, त्यहाँ सेनाको संख्या कम हुनुको सट्टा बढ्दै गएको छ । रुसले युक्रेनको सीमामा लडाकू विमान, सैन्य वाहन र उपकरण पनि तैनाथ गरेको छ । रुस र बेलारुसको सम्बन्ध निकटको मानिन्छ । बेलारुसको सीमा युक्रेनसँग जोडिएको छ । यहाँ कैयौं दिनदेखि रुसी सैनिकको युद्धाभ्यास चलिरहेको छ । बेलारुसमा पनि रुसका ३० हजार सैनिक छन् ।

अल जजीराका अनुसार शनिबार रुसले आणविक हतियार पनि निकालेको छ । यसले बेलारुसमा न्यूक्लियर ड्रिल गरेको छ । दुई देशबीच युद्धको खतरा बढिरहेको बेला यसरी आणविक हतियार निकालेर न्यूक्लियर ड्रिल गर्नुलाई निकै खतरनाक मानिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो युद्धको तयारी गरिरहेको टिप्पणी गरेका छन् ।

अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसलाई वार्ताको लागि आमन्त्रण गरेका छन् । उनले वार्ताको स्थान रुसले तय गर्ने र त्यहाँ आफू वार्ताको लागि जाने बताएका छन् । उनले युक्रेन यो समस्यालाई कूटनैटिक तरिकाले समाधान गर्ने पक्षमा भएको बताउँदै रुसबाट अहिलेसम्म कुनै जवाफ नआएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार